सर्वाेत्तम सिमेन्टले आइपिओ निष्कासन गर्ने
१४ पुसर, काठमाडाैँ । सर्वाेत्तम सिमेन्ट लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । सर्वोतम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न लागेकाे हाे । पाैष ८ गते, बुधबार बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा माघ ६ गते सर्वाेत्तम सिमेन्टको सभा हल, न्याैपानेटावर, तिनकुने, काठमाडाैँमा बिहान १० बजेदेखि शुरू हुनेछ ।

उक्त साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १३:०८













