पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोक्यो
४ असार, काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकको छ ।
रसियामा जारी विश्वकप फुटबल अन्तरगत आइतबार राती सम्पन्न खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ को बराबरीमा रोकेको हो ।
खेलको २० औं मिनेटमा ब्राजिलका लागि फिलिप कोटिन्होले गोल गर्दै टीमलाई अग्रता दिलाए । तर सो अग्रता ३० मिनेट भन्दा धेरै टिक्क सकेन । स्वीट्जरल्याण्डका स्टेभन जुबरले खेलको ५० औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ब्राजिलले स्वीट्जरल्याण्डको पोस्टमा लगातार प्रहार गरेपनि गोल हुन सकेन ।
यस्तै स्वीट्जरल्याण्डले पनि गोल गर्ने केहि मौका गुमाएको थियो । दुबै पक्षबाट बाँकी समयमा कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।
प्रकाशित मिति : ४ असार २०७५, सोमबार ०६:३८