१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर

१३ पुस, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र  नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ । याेसँगै कोरोना प्रभावित अमेरिकी नागरिकलाई सरकारी राहत प्राप्त हुने भएको छ ।

करिब दुई सय बिलियन अमेरिकी डलरको कोरोना राहत प्याकेज अब हस्ताक्षरसँगै प्रभावितका लागि वितरण गर्ने तयारी भएको ह्वाइट हाउसले बताएको छ । अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज गएको सोमबार पारित भएको थियो । प्रति वर्ष ७५ हजार डलरभन्दा कम आम्दानी भएकालाई ६ सय डलरका दरले राहत दिइनेछ ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार ११:१५