३९.९८ अंकले घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको काराेबार
१२ पुस, काठमाडाैँ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) करिब ३९.९८ अंकले घटेको छ । योसँगै परिसूचक लगातार ३ दिनदेखि घट्दो क्रममा छ । आइतबार बजार ३९.९८ प्रतिशतले अंकले घट्दा परिसूचक २ हजारभन्दा तल झरेको छ । आइतबार बजार १९९८ दशमलव ६५ अंकमा सीमित भएको हो । आजको बजारमा ४ अर्ब ६६ करोडको कारोबार भयो ।
आजको बजारमा कारोबार भएका १ सय ७५ कम्पनीमध्ये १ सय ४२ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । बजारमा आज सबै सूचक तथा उपसूचक घटेको छ ।

बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गिरावट भने विशाल बजार कम्पनी र सोल्टी होटलको ५ प्रतिशत भन्दा धेरैले भयो ।
प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १६:०९













