२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

अभ्यासका क्रममा लडेर घाइते भएका खेलाडी गुरुङलाई दुई लाख सहयोग

९ पुस, धरान । अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बास्केटवल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटवल प्रतियोगिता आयोजना गरी उहाँको उपचारको लागि सो नगद सङ्कलन गरिएको हो । सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र जिल्ला अध्यक्ष नारायण सुवेदीले बुधबार खेलाडी गुरुङलाई सङ्कलित रकम हस्तान्तरण गर्नुभएको छ ।

सोही अवसरमा धरान उपमहानगरपालिका– १८ का वडाअध्यक्ष प्रवीण राईले रु १५ हजार र एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले १० हजार पनि सहयोग गर्नुभएको थियो ।

यसैगरी नेपाल बास्केटबल लिगबाट १० हजार, झापा बास्केटबल सङ्घबाट पाँच हजार, हिमालयन मेघा कलेजबाट पाँच हजार, होप धरानले सङ्कलित रु २७ हजार ४१० पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएका बास्केटबल सङ्घ धरानका सचिव विकास चाम्लिङले जानकारी दिनुभयो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष लामाले खेलाडी घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनको लागि सहयोग जुटाउन खेल आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले राष्ट्रको लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्छ भन्नुभयो ।

सातौं र आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता उत्कृष्ट खेल प्रस्तुत गर्न सफल २८ वर्षीय गुरुङ प्रदेश न १ का उदयमान खेलाडी हुनुहुन्छ । उहाँको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट९एसिएल० पूर्णरुपमा च्यातिएको छ । मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको चिकित्सकले जनाएका छन् । खेलाडी गुरुङको शल्यक्रिया तथा लिगामेन्ट प्रत्यारोपण गर्न कम्तीमा रु तीन लाख खर्च हुने बताइएको छ ।, बालुवाटार र बबरमहलमा छुट्टाछु्ट्टै बस्दै

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार ११:४०