२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

१६० मेगावाटको लाप्चेखोला जलबिद्युतमा नेपाल बैंकको नेतृत्वमा नाै संस्थाले लगानी गर्ने

७ पुस, काठमाडाैँ । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलबिद्युत आयोजना १६० मेगावाटको लाप्चेखोला जलबिद्युत आयोजनाकोलागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । प्रतिष्ठित ब्यापारिक घराना एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको श्री नाशा हाईड्रोपावर प्रा.लि.ले प्रवर्द्धन गर्न लागेको उक्त जल बिद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चेखोलामा निर्माण हुनेछ ।

रु. २६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ९ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा रु. १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धि Supplementary Syndicated Credit Facilities Agreement (SSCFA) सम्झौता ऋणिका तर्फबाट नाशा हाईड्रोपावर प्रा.लि.का अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट मिति २०७७ पौष ६ गते सोमबार बसेको सहभागि बैंक तथा वित्तीय संस्थाहरुसंगको सहवित्तीयकरण बैठकमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक आपसमा आदानप्रदान (Exchange) गर्नुभएको थियो । उक्त अवसरमा सहभागी सम्पूण र्बैक तथा वित्तीय संस्थाका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा रु. ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा रु. ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा रु. २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा रु. २ अर्ब, हिमालयन बैंकद्वारा रु. २ अर्ब, लक्ष्मी बैंकद्वारा रु. १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा रु. १ अर्ब, बैंक अफ काठमाण्डौद्वारा रु. १ अर्ब तथा कृषि बिकास बैंकद्वारा रु. १ अर्ब गरी जम्मा रु. रु. १९ अर्ब ६५ करोड २५ लाखको बित्तिय प्रबन्ध गरिएको हो ।

उक्त कार्यक्रममा कर्मचारी संचय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले स्वागत मन्तब्य ब्यक्त गर्दै यो निजि क्षेत्रद्वारा राष्ट्र निर्माणका लागी गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलता संगै अझ ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई हुने बिचार ब्यक्त गर्नु भयो ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार २१:०२