४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

युनाईटेड इदी मार्दीको शेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज ?

३ पुस, काठमाडौँ । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरकाे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ४२ हजार कित्ता शेयर  शुक्रबार नेप्सेमा  सूचीकृत भएको हो ।

कम्पनी शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ९८ रुपैयाँ ७९ पैसा देखि २९६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । उक्त शेयर आइतबार देखि दोस्रो बजारमा कारोबारमा हुने छ । कम्पनीको शेयरलाई नेप्सेले युएमआरएच कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १२:३२