४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

प्रभु लाइफ इन्स्योरेन्सकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२ पुस, काठमाडाैँ । मंसिर २९ गतेदेखि सर्वसाधरणको लागि निष्काशन तथा बिक्री खुला गरेको प्रभु लाइफ इन्स्योरेन्सकाे (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार ४ः४० बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदकबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको छ। यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ४.४ गुणा बढी हो।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ०९:४९