३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कुमारी बैंककाे लाभांश पारित, बोनस शेयर र नगद लाभांश कति ?

२९ मंसिर, काठमाडाैँ । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै बैंकले अनलाइन प्लाटफर्ममार्फत शेयरधनीहरुको धारणा समेत समावेश गरेको थियो ।साधारणसभाले शेयरधनीहरुलाई आ.व.२०७६/०७७ को लागि १०.८५% बोनस शेयर तथा ३.१५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ ।

आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु.१२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु. ११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु.२ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु. १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको संचालन मुनाफा र रु.६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १६:४२