३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

५६.७२ अंकले बढ्याे सेयर बजार, ७ अर्ब २० करोडबढीकाे काराेबार

२९ मंसिर, काठमाडाैँ । सेयर बजारले उकालो यात्रा तय गरेको छ । सोमबार नेप्से परिसूचक ५६.७२ अंकले बढेर १९६७.१७ अंकमा पुगेको छ । नेप्से २.४२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.०४ अंकले बढेर ३८८.१६ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा ११ वटा उपसमूहकाे सेयर बढेको छ , भने बाँकी १ वटा उपसमूहको सेयर घटेको छ । आज हाइड्रोपावर समुहको सेयर घटेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १६:०८