१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

सेन्चुरी बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२९ मंसिर, काठमाडौँ । सेन्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न बाँकि रहेको बोनश रकम १६ करोड ८३ लाख रुपैयाँ सहित हुन आउने चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश गरी कुल ७.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ११:४३