अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै
२८ मंसिर, एजेन्सी । अमेरिकामा साेमबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप साेमबारदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । भ्याक्सिनको पहिलो ३० लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै साेमबारदेखि अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।
प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार ०७:१३












