कमानसिहंको घर बिगारेकोमा तीन महिना अघि नै नारायणकाजीले धन्यवाद पाएका थिए
-प्रतिमा ढुंगाना
२६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाकै केन्द्रीय सदस्य एवं पूर्व राजदूत स्वर्गीय कमानसिंह लमाको घर बिगारे बापत धन्यवाद पाएको भेटिको छ । गत भदाै ३ (२०७७) गते लामाले सामाजिक सञ्जाल मार्फत श्रेष्ठलाइ आफ्नो घर बिगार्न भूमिका निर्वाह गरेकोमा धन्यवाद दिएका थिए ।
अहिले सामाजिक सञ्जालमा कमानसिंहले त्यसबेला दिएको उक्त धन्यवाद हजाराैँले सेयर गरिरहेका छन । उच्च नैतिकता ढोंग बोकेर हिडेँका नारायणकाजीले अर्काको घर बिगार्न भूमिका खेलेको कमानसिंहको उक्त लेखाइबाट पुष्टि हुन्छ । उनले बुबाको मुख हेर्ने दिन (जसलाइ पछिल्लो समय father’s day भनिन्छ) नारायणकाजी र उनको स्वकीय सुसन कर्माचार्यले घर विगारेको बताएका छन ।
कमनासिंहले भन्नुभएको थियो ‘मेरा छोरीहरुले father’s day मनाउंदा मेरो छेउमा एक जना मान्छे साथमा राख्थे !! यो साल त्यो भएन !!! ज्यादै खल्लो लाग्यो !! मेरो घर विगारेको अनुभुत भयो !!! यो देनको लागी धन्यबाद मेरा अनन्य मित्रहरु द्वय नारायण काजी र सुसनजी !!! तर मैले त्यसको सट्टामा मेरो छोरा कहिल्यै यो बेला हुदैनथ्यो त्यो यो साल पाएकोछु !!! नेपाली आम दाजुभाई दिदि बहिनीहरुमा HAPPY FATHER’s DAY !!!’

कमानसिंहको मृत्युसँगै नारायणकाजीले डिल गरेको एउटा विवादित लेनदेनको भिडियो समेत सार्वजनिक गरेको छ । जसले नारायणकाजीको नैतिकतामा पूर्णविराम लगाएको छ । उक्त भिडियो संवादमा सुसन र कामनसिंहकी पत्नी इन्द्रमायाको नाम समेत जोडिएको छ । विवादित भिडियोमा श्रेष्ठले दुबैलाइ परिवारको सदस्य भएको बताउँदै मिल्न अनुरोध गरेका छन ।
श्रीमतिसँग समेत पीडित बनेका कामनसिंहले मृत्युअघि सामाजिक सञ्जालमा आफ्नो काजकिरियामा सहभागी नहुन अनुरोध गरेका थिए । कमानसिंहको मृत्युपछि उनको परिवारले नाराणकाजीले दिएको तनाव पनि एउटा कारण रहेको दाबी गर्दै भिडियो नै सार्वजनिक गराएका छन ।
लामाको परिवारले उनको मृत्युमा कोरोना भन्दा पनि नारायणकाजीले ब्यवहार विगरिदिएको कारण बढी रहेको भन्दै विगतमा रेकर्ड गरेको गोप्य भिडियो सार्वजनिक गराएको हो । कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका नेकपाका नेता कमानसिंह लमाको मृत्युमा समेत नारायणकाजीको सलंग्ता खोज्दै समाजिक सञ्जालमा हजारौँले प्रश्न गरेका छन ।

कमानसिंहलाइ आर्थिक रुपमा जर्जर बनाउन नारायणकाजीले भूमिका खेलेको र त्यसैको जगमा कोरोना संक्रमति समेत रहेको अवस्थामा लामाको मृत्यु भएको उनको परिवारले दाबी गरेको छ । भिडियो संवादपछि कमानसिंहको २ करोड ५० लाख रूपैयाँ नरायणकाजीले सेयरको नाममा कुम्ल्याएको शंका गरिएको छ।
गोविन्द केसीको अनसनको समयमा मेडिकल माफियाको इच्छामा बोल्न र तीनका गतिबिधिमा सहभागिता जनाउन नपाएको भन्दै यसअघि पार्टीको प्रवक्ताबाट राजिनामा दिएका श्रेष्ठले अहिले के गर्छन हेर्न बाँकी छ । देखिने आम्दानीको श्रोत नभएका श्रेष्ठले आफूले पाउने तलब समेत समाजसेवा लगाउने भन्दै आफू भने बंगालामा शानसँग जीवन बिताउँदै आएका छन ।
यो पनि पढ्नुहोस्
नारायणकाजीको नैतिकतामा पूर्णविराम ! करोडाैँको वार्तालाप सहितको भिडियो बाहिरियो
प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०८:५३












