३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बैंक अफ काठमाण्डूको ऋणपत्र आजबाट बिक्री खुल्ला

२४ मंसिर, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ ।  १० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे हो ।जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ ।

यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३२ हजार कित्ता  ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा मंसिर २८ गतेसम्म र ढिलोमा पुस ८ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २७ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे थियाे ।  बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १०:०८