अमेरिकामा काेराेना संक्रमणबाट एकैदिन १ हजार बढीकाे मृत्यु
२२ मंसिर, एजेन्सी। कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन १ हजार ५५ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे कुल संख्या २ लाख ८८ हजार ८८६ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा मेक्सिकोमा ५९३, इटलीमा ५६४, रसियामा ४५७ र भारतमा ३७४ सहित विश्वभर सात हजार ४०० जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ६६ हजार मानिस संक्रमित भएका छन्। योसहित अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ५१ लाख ५२ हजार पुगेको छ।

भारतमा ३२ हजार २७२, टर्कीमा ३० हजार ४००, रसियामा २९ हजार, ब्राजिलमा २६ हजार र इटलीमा १८ हजार संक्रमित थपिएका छन्। विश्वभर कोरोना संक्रमितको कुल संख्या ६ करोड ७३ लाख पुग्दा ४ करोड ६५ लाख ६६ हजार मानिस संक्रमणमुक्त भइसकेका छन्। १५ लाख ४१ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०८:५६












