३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रभु बैंकले घोषणा गर्यो लाभांश, बोनस कति ?

२२ मंसिर, काठमाडाैँ । प्रभु बैंकले आर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंककाे आइतबार बसेको सञ्चालक समितिको  बैठकले शेयरधनीलाई १० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि मात्र चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरि बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०७:४९