११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

१ असार,बाजुरा  । बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्यत्को खम्बामा हात लगाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रमुखले बताउनुभयो । मृतक साउदको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार १७:२६