११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

सिन्धुपाल्चोकमा एक विद्यालयसहित पहिरोबाट पाँच घर जोखिमा

१ असार, चौतारा । गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालयसहित पाँच घर उच्च जोखिममा परेका छन् ।

सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको तीनवटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले बताउनुभयो । भूकम्पपछि पुनःनिर्माण गरिएका ती घर निर्माणको अन्तिमचरणमा छन् ।

सोही ठाउँ निवासी खड्गबहादुर श्रेष्ठ र साबिक तौथली– ७ मा पर्ने निर्माणाधिन सेतीदेवी आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार १७:२०