२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने

१६ मंसिर, काठमाडाैँ । चिलिमे जलविद्युत कम्पनीले लाभांश  घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बैठकले १० प्रतिशत अर्थात ५७ करोड ९ लाख रुपैयाँ बराबरको बोनस र १० प्रतिशत अर्थात ५७ करोड ९ लाख रुपैयाँ बराबरको नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

उक्त लाभांश आगामी २४ औं वार्षिक साधारण सभामा सिफरिस गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ। साे लाभांश पारित गर्न कम्पनीले पुस १२ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभाबाट कम्पनीले लाभांश पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि यस कम्पनीले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार मंसिर २८ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

 

प्रकाशित मिति : December 1, 2020 at 12:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/