३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डमा आवेदन दिने आज अन्तिम मौका

१६ मंसिर, काठमाडौँ । एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाइमा लगानी गर्न चाहनेहरुले आवेदन गर्ने आज अन्तिम दिन हो । एनआइसी एसिया क्यापिटलले मंसिर १२ गतेबाट एनआइसी एसिया डेब्ट फन्डको १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुल्ला गरेको हो।

यसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्बसाधारणले आवेदन दिन पाउनेछन्।


यसमा न्यूनतम १० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०९:११