१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पोर्चुगल पठाईदिन्छु भनि ठगी गर्ने शिव नारायण चौधरी पक्राउ

१५ मंसिर, काठमाडाैँ । पोर्चुगल पठाईदिन्छु भनि ठगी गर्ने शिव नारायण चौधरी पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडाैँको सुन्धाराबाट चाैधरीलाइ पक्राउ गरेको हो । चाैधरीले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरुलाई पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेका थिए ।

चौधरीले बैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिएर १६ लाख २५ हजार २५० रूपैयाँ ठगेको प्रहरीले जनाएको छ । ३३ वर्षका चाैधरी  रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा हुन भने उनी हाल काठमाडाैँको सोह्रखुट्टे बस्ने गरेका छन ।

प्रकाशित मिति : November 30, 2020 at 4:30 pm