१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बिराटनगरमा एम्बुलेन्स दुर्घटना, एकजना बिरामीको मृत्यु

१५ मंसिर, बिराटनगर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परी घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ।


दुर्घटनामा परी गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको  प्रहरीले जनाएकाे छ । दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक हरि यादव फरार रहेका छन्। बिग्रेर रोकिएको ट्रलीका चालक तथा अन्य व्यक्तिको समेत खोजि भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 30, 2020 at 9:11 am