१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने १ जना पक्राउ

१४ मंसिर, काठमाडौँ । भक्तपुर, चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३-०२-००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि उक्त कार्यमा संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरी अन्य ३ जनाको खोजी गरिरहेको छ । साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : November 29, 2020 at 1:09 pm