१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

चिनियाँ रक्षामन्त्री वेई फेंग्हे काठमाडौँमा

१४ मंसिर, काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन् ।  नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् ।

एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ ।चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् । भ्रमण पुरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : November 29, 2020 at 11:01 am