१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

थप १३८० जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

१३ मंसिर, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ११ हजार १८६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।

प्रकाशित मिति : November 28, 2020 at 4:26 pm