१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

कोरोना संक्रमणबाट विराटनगरमा १७ दिनकी सुत्केरीको मृत्यु

१२ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा १ सुत्केरी महिलाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको मृत्यु भएको हो ।

बिहीबार राति ११ बजे १७ दिनकी सुत्केरी महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो । दाहाल अनुसार उपचारका क्रममा मृगौलामा खराबी पाइएको र मृतकमा निमोनियाको पुरानै समस्या थियो।

फाइल फाेटाे

अस्पतालमा भर्ना गर्दा श्वासप्रश्वासको समस्या थियो भने बिरामी बोल्न नसक्ने अवस्थामा रहेकी थिइन् । बचाउने प्रयास असफल हुँदा उपचारका लागि भर्ना गरेको भोलिपल्टै सुत्केरीको ज्यान गएको हो । सुत्केरीमा पहिला नै कोरोना पोजेटिभ देखिएको र अस्पतालमा उपचार गर्नुपर्नेमा घरमै लगेर होम आइसोलेसनमा राखिएको पाइएको अस्पतालले जनाएको छ । अवस्था अन्तिम बनिसकेपछि मात्रै अस्पताल भर्ना गरिएकोले सुत्केरीलाई बचाउन नसकिएको अस्पतालका प्रबन्धक  दाहालले बताए ।

प्रकाशित मिति : November 27, 2020 at 1:16 pm