८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अरुण कावेली पावरको शेयरमूल्य समायोजन

१२ मंसिर, काठमाडाैँ । अरुण काबेली पावर लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीकाे ५.७१ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता २५४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यहि मुल्यलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा मंसिर २२ गते साेमबार हुँदैछ । सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले शुक्रबारदेखि लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बुकक्लोज गरेकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०९:४७