१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

चितवनकाे कारागारबाट थुनुवा फरार

१२ मंसिर, चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

उहाँका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 27, 2020 at 9:06 am