१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

नवलपरासीमा कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

११ मंसिर, नवलपरासी । मध्यबिन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश महतो समेत १७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


उनको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार २ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : November 26, 2020 at 12:32 pm