१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

कोरोना संक्रमणका कारण योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

११ मंसिर, चितवन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। शाक्यकाे नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ४ बजे निधन भएको हो ।

उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् । ललितपुर कुपण्डोल निवासी ७६ वर्षे शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन्।

प्रकाशित मिति : November 26, 2020 at 12:09 pm