दाङमा पाँच वटा गोली लागेका घाइते जङ्गलमा फेला
११ मंसिर, काठमाडाैँ । दाङमा गोली लागि वेवारिसे अवस्थामा एक पुरुष फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका हुन्।

बुधबार राति साढे ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका वडा नम्बर ९ च्याउ खोलामा गोली लागेको अवस्थामा पौडेल फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ। घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : November 26, 2020 at 10:22 am



