१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

नेपाली क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

१० कात्तिक, काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।


कप्तान मल्लले सामाजिक सञ्जालमार्फत आफूलाई काेराेना संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : November 25, 2020 at 7:39 pm