१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

दीपक मनाङेकी श्रीमती पक्राउ

१० मंसिर, काठमाडाैँ । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको फरार सूचीमा रहेकी उनलाई पक्राउ गरी कास्की पठाएको वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले जानाकारी दिए ।

‘अन्य कुनै विषयमा उजुरी लिएर मकवानपुर जिल्ला प्रहरी कार्यलयमा आउनुभएको थियो । अदालतको फरार सूचीको पत्रअनुसार पक्राउ गरेका हौं,’ डीआईजी लामाले भने, ‘हामीले जिल्ला प्रहरी कार्यालय कास्की पठाइसकेका छौं ।’

प्रकाशित मिति : November 25, 2020 at 6:17 pm