१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बर्दिवासमा भोलिसम्म निषेधाज्ञा

१० मंसिर, काठमाडौँ । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको छ। प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको थियो। मंगलबार गोली लागेका न्यौपानेलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएकोमा गए राति उनको मृत्यु भएको हो।

आज बिहान ९ बजेदेखि भाेली बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो। निषेधाज्ञा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म। निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने,अनावस्यक भेला हुन पाउने छैन। निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने छ।

प्रकाशित मिति : November 25, 2020 at 10:34 am