१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसले देखायो कालो झन्डा

१० मंसिर, अर्घाखाँची ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका  विष्णु पौडेललाई गृह जिल्ला रुपन्देही आएका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले बुधबार बिहान तिनाउ पुल नजिकै कालो झन्डा देखाएका छन्।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका हुन्। अर्थमन्त्री पौडेल करिब एक वर्षपछि मंगलबार बुटवल आएका हुन्। पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ। अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति : November 25, 2020 at 9:26 am