१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बालिका हत्याको बिरोधमा बर्दिबासमा भएको प्रर्दशनमा गोली चल्यो, १ जना घाइते

९ मंसिर, काठमाडाैँ । बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाएको छ । आईतबार साँझ देखी हराएकी ६ बर्षिय बालिका गुलाब साह खातुृनको सोमबार हत्या गरिएको अबस्थामा शब भेटिएको थियो । हत्या पछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शब फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दावी गर्दै प्रर्दशन गरेका हुन् ।

प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने घाईते भएका छन् । कम्मरमुनी गोली लागेका न्यौपानेको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ ।

स्थानीय बासिन्दाले बालिकाको शव मुख्य सडकमा राखेर प्रर्दशन गरिरहेका छन् । प्रहरीले भने प्रदर्शनकारीले राजमार्ग अबरुद्ध गरी आन्दोलनलाई उग्र बनाएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।

प्रकाशित मिति : November 24, 2020 at 3:54 pm