नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्श बीच सम्झौता
९ मंसिर, काठमाडाैँ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्श बीच सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालको सेवामा ललितपुर चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत तथा उपचारमा विशेष सुविधा प्राप्त गर्ने भएका छन् ।
अस्पतालका महाप्रबन्धक विजय रिमाल एवं ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्प रत्न शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । अस्पतालका महाप्रबन्धक रिमालले राष्ट्रकै पहिलो अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल मेडिसिटी अस्पतालले ललितपुर क्षेत्रलाई सधै प्राथमिकतामा राखेको बताउनुुभएको छ ।

आर्थिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिहरुको थप साथ र हौसला प्राप्त गर्ने उद्धेश्यका साथ सम्झौता कार्यक्रममा सहभागी हुन पाएकोमा वहाँले खुशी व्यक्त गर्नुभयो । त्यस्तै, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्प रत्न शाक्यले नेपाल मेडिसिटी अस्पतालले गुण्स्तर अन्तर्राष्ट्रिय स्तरको उपचार प्रदान गर्दै आएको र स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताउनुुभयो ।
प्रकाशित मिति : November 24, 2020 at 11:15 am



