काेराेना संक्रमणबाट सशस्त्र प्रहरी बलका निरीक्षक नवीन बुढाथोकीको निधन
९ मंसिर, काठमाडौँ । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक नवीन बुढाथोकीको निधन भएको छ। विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति बुढाथोकीको निधन भएको हाे।

तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत रहेका थिए। कोरोना संक्रमण बाहेक उनलाई अन्य कुनैपनि दीर्घ रोगहरु थिएन् । बुढाथोकी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।
प्रकाशित मिति : November 24, 2020 at 10:40 am



