१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

तनहुँमा लागुऔषधसहित १ जना पक्राउ

९ मंसिर, तनहुँ । ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेको छ । शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

फाइल फाेटाे

शङ्का लागि शरीरको तलासी गर्दा उनले पछाडि बोकेको झोलाभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाई राखेको अवस्थामा ११७ थान लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुुसार फेला परेका लागुऔषधमा डाइजोपम ३९, नुरफिन ३९ र फिनारगन ३९ थान रहेका छन् । पक्राउ परेका दमैलाई आज नै तनहुँ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 24, 2020 at 10:06 am