१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

आइतबारदेखि हराएकी ६ वर्षीया बालिका खातुनको शव बोरामा भेटियो

९ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबास- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव फेला परेको छ। आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए। बर्दिबास-१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो।

हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका-५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ। पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्‌। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।  घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाईंको भनाइ छ ।

प्रकाशित मिति : November 24, 2020 at 8:26 am