यी स्थानमा वर्षा र हिमपातको सम्भावना
९ मंसिर, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रका पहाडी जिल्लामा हल्का हिमपात हुने अनुमान छ । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेकका ठाउँमा पनि मौसम आंशिक बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति : November 24, 2020 at 8:04 am



