१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

प्रभु बैंकको केवाईसी अब अनलाइनबाटै भर्न सकिने

८ मंसिर, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले आफ्ना ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहकहरूले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : November 23, 2020 at 6:39 pm