ललितानिवास प्रकरण : पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे
८ मंसिर, काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् । पूर्व भूमिसुधारमन्त्री जोशीलाई सोमबार विशेष अदालतले साधारण तारेखमा छोडेको हाे । अदालतमा हाजिर भएका उनी सोमबार नै साधारण तारेखमा छुटेका हुन् ।
हालसम्म उक्त प्रकरणका ५० भन्दा बढी प्रतिवादी विशेष अदालतमा उपस्थित भइसकेका छन् । ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

छोटो समयका लागि भूमिसुधारमन्त्री भएका जोशीकाे पालामा पनि सरकारी जग्गा व्यक्तिका नाममा गएको थियो । जसको आधारमा उनीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।
प्रकाशित मिति : November 23, 2020 at 5:43 pm



