धरानमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
८ मंसिर, काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।सुनसरी विराट चोकका २७ वर्षीय पुरुषकाे आज विहान ६ः४० मा मृत्यु भएको हो । उनी पहिलेदेखि नै दीर्घरोगी थिए ।

यस्तै, इलामका २५ वर्षीय पुरुषको आइतबार राति ९ः३० मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा नै मृत्यु भएको हो । उनी पनि पहिलेदेखि नै दीर्घरोगी थिए ।
प्रकाशित मिति : November 23, 2020 at 9:58 am



