५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको निधन

७ मंसिर, काठमाडौँ । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको हाे।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राती १०:४० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

कोरोना पोजिटिभ देखिएपछि उनको स्वास्थ्यमा गम्भीर समस्या भएकाले उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो। ५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए । उनको परिवारमा बाबु, आमा, श्रीमती, छोरा, छोरी  छन्।

प्रकाशित मिति : November 22, 2020 at 11:15 am