१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

स्वर्गीय डा मुडभरी जसलाई जन्माउन मात्र उहाँको आमा नुवाकोटको कुमरी पुग्नु भएको थियो

७ मंसिर, नुवाकोट । ॐ अस्पालका संस्थापक र पूर्व अध्यक्ष समेत रहनुभएका वरिष्ठ सर्जन डा ध्रुव मुडभरीको कोरोना संक्रमणको कारण शनिबार मृत्यु भएको छ । नुवकोटमा जन्मनु भएका डा मुडभरीले चिकित्सा पेशामार्फत राष्ट्रका लागि महत्वपूर्ण योगदान दिनुभएको छ ।

कोरोनाका कारण उहाँको ७७ वर्षको उमेरमा ॐ अस्पालमा मत्यु भएको हो । १५ दिनयता काेरोना संक्रमणसँग जुधिरहनुभएका मुडभरीलाइ कडा निमोनिया भएको थियो ।

डा मुडभरीको नुवाकोटमा जन्म गराउनका लागि उहाँका हजुरबुबाले गर्भवती अामालाइ बोकाएर नुवाकोटको कुमरी पुर्याउनु भएको थियो ।त्यस बेलाको कुमरी निकै दुर्गम रहेको थियो । डा मुडभरीको तत्कालीन कुमरी गाविसको ठूल्दी अर्थात हाल बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा जन्म भएको हो । मुडभरीले पद्मोदय स्कुलमा शिक्षा लिनुभएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका समेत निभाउनु भएको उहाँले वीर अस्पतालमा नेतृत्वमा रहेर पनि काम गर्नुभएको थियो । डा मुडभरीसँग ८ वर्षअघि माधव तिवारीले गर्नुभएको संवाद तल हेर्नसक्नुहुन्छ । जहाँ मुडभरीको जीवन र परिवारका बारेमा भएका कुराकानी पनि रहेका छन ।

प्रकाशित मिति : November 22, 2020 at 8:59 am