नेपाल प्रहरीका ३३ एसएसपीको सरुवाः काठमाडौँमा सिंह, ललितपुरमा बर्जाचार्य (सूचीसहित)
५ मंसिर, काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । शुक्रवार गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका छन् । सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । यस्तै बर्जाचार्य महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए ।
काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यसैगरि महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । यसअघि भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए ।
हेर्नुहोस् सूचीः
प्रकाशित मिति : November 20, 2020 at 3:13 pm



