१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २१०३ कोरोना संक्रमित, १७ जनाको मृत्यु

४ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८५ हजार ६३८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना  संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ ।

प्रकाशित मिति : November 19, 2020 at 4:34 pm