१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

४ मंसिर, काठमाडौँ । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा अपलोड गर्ने एक युवक पक्राउ परेका छन् ।  दुर्व्यवहार गरेको  भिडियो टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुर नगरपालिका- २ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको हो। परिसरको टोलीले पक्राउ गरी थप अनुसन्धान गर्न साइबर ब्युरोलाई बुझाएको हो।

ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायका अनुसार उनले टिकटकमा भिडिओ अपलोड गरेका थिए । निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो ।

सामाजिक सञ्जालमा भिडिओ खिच्ने व्यक्ति उनी हुन् भनेर बाहिर आइसकेको थियो। उनले खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उपरीक्षक रायले भने,’अर्का व्यक्तिको खोजी भइरहेको छ।’यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रायले बताए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ। आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेको पनि भिडिओमा देखिन्छ ।

प्रकाशित मिति : November 19, 2020 at 2:08 pm