१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

बुटवलमा थप एक काेराेना संक्रमितको मृत्यु

४ मंसिर, बुटवल । कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा थप एक काेराेना संक्रमितको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान १२:४५ बजे मृत्यु भएको हो ।

फाइल फाेटाे

कात्तिक २३ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको बिहिबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । योसँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ सय ४० पुगेको उनले बताए ।

प्रकाशित मिति : November 19, 2020 at 12:11 pm